८ कार्तिक २०८३, शनिबार | Sat Oct 24 2026

सगरमाथा राष्ट्रिय निकुञ्ज हुँदै काठमाडौँ रेल ल्याउने चिनियाँ प्रस्ताव

१२ असार, काठमाडाैँ । नेपाल-चीनबीचको बहुप्रतीक्षित रेलमार्गलाई सगरमाथा राष्ट्रिय निकुञ्ज हुँदै भूमिगत सुरुङ निर्माण गरेर लैजान चीनले सुझाव दिएको छ। परियोजनामा संलग्न एक वरिष्ठ इन्जिनियरले अन्य भूभागबाट रेल लैजान कठिन रहेको बताएका छन्। ती इन्जिनियरलाई उध्दृत गर्दै हङकङको प्रतिष्ठित अखबार साउथ चाइना मर्निङ पोस्टले सगरमाथा क्षेत्र हुँदै नेपाल-चीन रेलमार्ग बनाउन सुझाएको बारे समाचार लेखेको छ।

वातावरण संरक्षित क्षेत्रमा ठूला परियोजना निर्माण गर्न चिनियाँ कानूनले अनुमति नदिने उल्लेख छ । ८ बिलियन अमेरिकी डलर लागत लाग्ने बताइएको उक्त रेलमार्गले नेपालको अर्थतन्त्र उकास्नमा प्रमुख भूमिका खेल्ने जनाइएको छ । दुबै मुलुकको एक हजार किलोमिटर लामो सीमा हुँदै रेलमार्ग बनाउन ६ वटा रुट प्रस्ताव गरिएको र कुन रुट छनौट गर्ने भन्नेबारे चिनियाँ प्राविधिक अन्यौलमा छन् ।

चीनको स्थानीय अखबार रेलवे स्ट्रान्डड डिजाइनमा गत बुधबार प्रकाशित समाचारमा सगरमाथा राष्ट्रिय निकुञ्ज हुँदै बनाइने रेलमार्गमा ३० किलोमिटर लामो सुरुङ बनाउन सहमति जुटेको उल्लेख छ । सान्ची प्रान्तस्थित चिनियाँ रेलवे फस्ट सर्भे तथा डिजाइन इन्स्टिच्युट ग्रुपका वरिष्ठ इन्जिनियर लियाङ दोङले एक तिहाइभन्दा बढी सुरुङ सगरमाथा राष्ट्रिय निकुञ्जमा भूमिगत तरिकाले बनाउने सहमति जुटेको उक्त अखबारलाई बताएका छन्।

प्रकाशित मिति : June 26, 2021 at 5:03 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/