५ श्रावण २०८३, मंगलबार | Wed Jul 22 2026

राष्ट्रिय सभा बैठकका लागि आवश्यक तयारी गर्न अध्यक्ष तिमिल्सिनाको निर्देशन

११ असार, काठमाडौँ । राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले १७ गतेबाट हुने राष्ट्रिय सभा बैठकका लागि आवश्यक तयारी गर्न निर्देशन दिनुभएको छ।

राष्ट्रपति विद्यादेवी भण्डारीले यही असार १७ गतेका लागि राष्ट्रिय सभाको अधिवेशन आह्वान गरेपछि शुक्रबार बानेश्वरस्थित संसद भवन पुगेर आवश्यक तयारीका लागि संसद सचिवालयलाई निर्देशन दिनुभएको हो।

यसअघि शुक्रबार नै अध्यक्ष तिमिल्सिनाले विपक्षी दल नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका दलका नेता तथा सचेतहरूसँग संसद बैठक बारे परामर्श गर्नुभएको थियो।

प्रकाशित मिति : June 25, 2021 at 3:02 pm