२८ आश्विन २०८१, सोमबार | Mon Oct 14 2024

प्रधानन्यायाधीशको प्रश्नः विश्वासको मत लिन्न भन्ने ठाउँ संसद हो कि राष्ट्रपति कार्यालय ?

११ असार, काठमाडौँ । सर्वोच्च अदालतको संवैधानिक इजलासमा प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा सुनुवाइ जारी छ । सुनुवाइको क्रममा शुक्रबार प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणाले वादीतर्फका वकिलसमू प्रश्न गर्नुभएको छ । उहाँले विश्वासको मत लिन्न भन्ने ठाउँ संसद हो कि राष्ट्रपति कार्यालय रु हो भन्ने प्रश्न गर्नुभएको हो ।

वादी तर्फका वकिल दिनमणि पोखरेलले बहस गरिरहेका प्रश्न सोध्नु भएको हो । प्रधानन्यायाधीश जबराले पोखरेललाइ सोध्नुभयो,म विश्वासको मत लिन सक्दैन भन्ने ठाउँ संसद् हो कि राष्ट्रपति कार्यालय रुु त्यस्तै पोखरेललाइ नै न्यायाधीश आनन्दमोहन भट्टराईले पनि प्रश्न गर्नुभएको छ । उहाँले विश्वासको मत लिने कुरा अब्लिगेसन हो कि अनिवार्य विधि रु भन्ने प्रश्न सोध्नुभएको थियो ।

प्रधानन्यायाधीशको जवाफमा वकिल पोखरेलले संसद्‌मा विश्वासको मत माग्न जानुपर्ने बताउनुभयो । उहाँले प्रधानमन्त्रीले आफूलाई अप्ठ्यारो परेको भन्ने लागे राजीनामा दिनुपर्ने बताउनुभयो । त्यस्तै न्यायाधीश भट्टराइको प्रश्नमा उहाँले भन्नुभयो, ‘प्रधानमन्त्रीले विश्वासको मत त लिनैपर्ने हो । तर श्रीमान्, उहाँले विश्वासको मत लिन्नँ भन्नुभयो र राष्ट्रपतिले ७६ ९५० को प्रक्रिया सुरु गरिसक्नुभयो ।

 

प्रकाशित मिति : ११ असार २०७८, शुक्रबार १३:३१