२८ आश्विन २०८१, सोमबार | Mon Oct 14 2024

भेरोसेल खोपको पहिलो डोज पाएकाले असार २२ बाट दोस्रो डोज लगाउन पाउने

११ असार, काठमाडाैँ । भेरोसेल खोपको पहिलो डोज पाएकाले असार २२ बाट दोस्रो डोज लगाउन पाउने भएका छन । सरकारले असार २२ बाट दोस्रो डोज खोप दिनका लागि तयारी थालेको छ । जेठ २५ गतेदेखि २९ गतेसम्म देशभर ६० देखि ६४ वर्ष उमेर समूहका नागारिकलाई पहिलो मात्रा खोप लगाइएको थियो ।

स्वास्थ्य सेवा विभागले असार २२ गतेबाट दोस्रो मात्रा लगाइने जनाएको छ । खोप शाखा प्रमुख डा. झलक शर्मा गौतमले पहिलो डोज लगाएका तीन लाख ७० हजार जनालाई असार २२ गतेबाट दोस्रो डोज लगाइने जानकारी दिनुभयो । अघिल्ला खोप अभियानमा भेरोसेल खोपको बुस्टर डोज अर्थात दोस्रो मात्रा लगाउन छुटेकाले समेत सो अवधिमा दोस्रो बुस्टर डोज लगाउन पाउनेछन ।

प्रकाशित मिति : ११ असार २०७८, शुक्रबार १२:११