२८ आश्विन २०८१, सोमबार | Mon Oct 14 2024

कांग्रेस माओवादी लगायतलाई अनेरास्ववियूले सडकबाटै जवाफ दिने

१० असार, काठमाडाैँ । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को भ्रातृ संगठन अनेरास्ववियूले कांग्रेस माओवादी लगायतलाई सडकबाटै जवाफ दिने भएको छ । पाँच विद्यार्थी संगठनले बिहीबार सरकारविरूद्ध प्रदर्शन गरेपछि अनेरास्ववियूले त्यसको सडकबाटै प्रदर्शनको माध्यमबाट जवाफ दिन लागेको बुझिएको छ।

नेपाली राजनीतिक संकटतिर उन्मुख हुँदा राजनीतिक दल र तिनका भ्रातृ संगठनले एक अर्काविरुद्ध आन्दोलनको तयारी गरेका छन् । बिहीबार विपक्षी गठबन्धनका पाँच विद्यार्थी संगठनले प्रधानमन्त्री केपी शर्मा ओलीका गतिविधि स्वेच्छाचारीतातर्फ अग्रसर भएको भन्दै आन्दोलनको घोषणा गरेकै दिन सत्तारूढ दलनिकट अनेरास्ववियुले पनि सडकमा ओर्लने घोषणा गरेको छ ।

सत्तारूढ दल एमालेनिकट अनेरास्ववियुले असार शुक्रबार भृकुटीमण्डमा प्रदर्शन गर्ने भएको छ । निर्दलीय सोच, प्रवृत्तिका विरुद्ध र निर्वाचनको पक्षमा जनमत सिर्जना गर्न आन्दोलनको घोषणा गरिएको अनेरास्ववियुले बताएको छ अनेरास्ववियुले दिउँसो २ बजे भेला भएर निर्दलीय प्रवृतिको वकालत गर्ने गठबन्धनविरुद्ध आन्दोलन गर्ने बताएको छ ।

प्रकाशित मिति : १० असार २०७८, बिहीबार २०:५४