२८ आश्विन २०८१, सोमबार | Tue Oct 15 2024

शिक्षकलाई मरणासन्न हुनेगरी कुट्ने नेविसंघका नेता रावल पक्राउ

१० असार, काठमाडौँ । त्रिभुवन विश्व विद्यालयका उपप्राध्यापक प्रेम चालाउने माथि आक्रमण गर्ने नेपाल विद्यार्थी संघका नेता योगेन्द्र रावल पक्राउ परेका छन । बिहीबार रावल कीर्तिपुरमा रहेको आफ्नै कोठाबाट पक्राउ परेका हुन । रावल नेविसंघ त्रिवि समितिका सचिव समेत हुन ।

कीर्तिपुरबाट पक्राउ परेका रावललाइ महानगरीय प्रहरी वृत दरबारमार्गमा राखिएको छ । उनले त्रिवि समाजशास्त्र विभागका उपप्राध्यापक प्रेम चलाउनेमाथि मरणासन्न हुनेगरी आक्रमण गरेका थिए । महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख अशोक सिंहले रावलको पक्राउको पुष्टि गर्नुभयो । उहाँले अदालतको म्याद तामेली गर्ने क्रममा रावल पक्राउ परेको र भोलि अदालतमा पेश गरिने जानकारी दिनुभयो ।

प्रकाशित मिति : १० असार २०७८, बिहीबार २०:२३