२८ आश्विन २०८१, सोमबार | Tue Oct 15 2024

वीरगञ्ज महानगरको बजेट रु तीन अर्ब ५५ करोड ३५ लाख

१० असार, पर्सा । वीरगञ्ज महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७८÷०७९ को लागि रु तीन अर्ब ५५ करोड ३५ लाखको बजेट सार्वजनिक गरेको छ । उपप्रमुख शान्ति कार्कीले चालु तर्फ रु एक अर्ब ८६ करोड ३५ लाख, पूँजीगत तर्फ एक अर्ब ६२ करोड ३३ लाख र वित्तीय व्यवस्थापन तर्फ रु छ करोड ६० लाख विनियोजन गरेको जानकारी दिनुभयो ।

प्रदेश नं. २ को एक मात्र महानगरपालिकका विनियोजित बजेट मध्ये समाजिक विकासका क्षेत्रमा रु एक अर्ब १५ करोड ५८ लाख, पूर्वधार विकास क्षेत्रमा रु एक अर्ब ३५ करोड ६६ लाख र कार्यालय तर्फ रु ८० करोड ७३ लाख रहेको छ ।

महानगरपालिकाका प्रमुख विजयकुमार सरावगीले अगामी आर्थिक वर्षमा गर्भवती तथा बालबालिकाका लागि पोषण, वर्थिङ सेन्टरको भवन निर्माण, पूर्वाधारको विकास, सामुदायिक विद्यालयको स्तरोन्नती ,स्वास्थ्य सुबिधाको विकास, ज्येष्ठ नागरिक सम्मान , कृषि तथा कृषको विकासमा केन्द्रीत रही काम गर्ने नीति तथा कार्यक्रम ल्याएको बताउनभयो ।

प्रकाशित मिति : १० असार २०७८, बिहीबार १९:३८