८ कार्तिक २०८३, शनिबार | Sat Oct 24 2026

आवश्यकताकाे सिद्धान्त स्यालकाे सिङजस्तै कता हराएको हाेला श्रीमान ?

१० असार, काठमाडौँ । नेकपा एमालेका प्रभावशाली युवा नेता एवं प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले सर्वोच्च अदालतका न्यायाधीशसँग आवश्यकताको सिद्धान्त स्यालको सिङजस्तै कता हराएको होला श्रीमान भन्दै प्रश्न गर्नुभएको छ । उहाँले बिहीबार बिहान ट्वीट मार्फत भन्नुभएको छ, ‘कोरोना महामारीको कहर छ, खोप ल्याएर जनता बचाउनु छ, स्वास्थ्यमन्त्री रिक्त पारिएको छ। बाढीको चपेटामा परेर मेलम्ची राहत-उद्दार पर्खेको छ,चुनाव गराउन शाान्ति-सुरक्षाको विशेष खाँचो पर्छ, गृहमन्त्री खाली गरिएको छ। आवश्यकताको सिद्धान्त स्यालको सिङजस्तै कता हराएको होला श्रीमान ?’

त्यसअघि मंगलबार सर्वोच्च अदालतले चुनाव गराउन लागेको काम चलाउ सरकारले मन्त्रिपरिषद् पुनर्गठन गर्न निमल्ने भन्दै २० मन्त्रीको पदमुक्त हुने आदेश दिएको थियो । आदेशको बारेमा धेरैले धेरै खालका टिप्पणी दिएका छन भने विद्धान अधिवक्ताहरूले सर्वोच्च राजनीतिमाथि हावी भएको प्रतिक्रिया दिनुभएको छ ।

प्रकाशित मिति : June 24, 2021 at 9:05 am

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/