२८ आश्विन २०८१, सोमबार | Tue Oct 15 2024

प्रतिनिधिसभा विघटनको मुद्दामा आज पनि सुनुवाइ, वादीहरू आन्दोलनमा

१० असार, काठमाडाैँ । सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटनविरुद्ध शेरबहादुर देउवासहितका सांसदले दायर गरेको रिटमाथि आज पनि सुनुवाइ हुने भएको छ । बुधबारदेखि सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुरु भएको सुनवाइमा वरिष्ठ अधिवक्ताद्वय शम्भु थापा, बद्रीवहादुर कार्की, महादेव यादव अधिवक्ताद्वय खम्बवहादुर खाती र गोविन्द बन्दीले बहस गर्नु भएको छ ।

सुनुवाइका क्रममा प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले धारा ७६ (५) मा जानका लागि ७६ (४) अनुसारको प्रक्रिया पूरा गर्नु नपर्ने हो र भन्दै प्रश्न गर्नुभएको थियो । बहसमा अधिवक्ता बन्दीले ओलीले आफूलाई प्रधानमन्त्रीमा राखिराख्नका लागि ७६ (४) अनुसार विश्वासको मत नलिएर मार्गप्रशस्त गरेको भनेको बताउनुभयो । राष्ट्रपति र प्रधानमन्त्री संविधान उल्लङ्घन गर्न उद्यत देखिएको भन्दै उहाँले संविधानको रक्षाका लागि पनि प्रतिनिधिसभाको पुनर्स्थापनाको माग गर्नुभयो ।

यता मुद्दा वादीहरू कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल लगायत आफ्ना विद्यार्थी मार्फत सडक आन्दोलनमा निस्किएका छन । आज दिउँसो ३ बजेदेखि त्यसको सुरूवात हुने उनीहरूले जनाएका छन ।

प्रकाशित मिति : १० असार २०७८, बिहीबार ०८:४७