२८ आश्विन २०८१, सोमबार | Tue Oct 15 2024

शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन माग गर्दै आजदेखि सडक आन्दोलन

१० असार, काठमाडौँ । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र माधव नेपाल समूहका विद्यार्थीले शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन माग गर्दै आजदेखि सडक आन्दोलन सुरू गर्ने भएका छन । उनीहरूले दिउँसो ३ बजे प्रदर्शनीमार्गबाट यसको सुरूवात गर्ने जनाएका छन ।

उनीहरूको कांग्रेस सभापति देउवा, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र माधवकुमार नेपालको आदेशमा बिरोधको कार्यक्रम तय गरेका हुन । सर्वोच्चले आफू अनुकलको आदेश नदिन सक्ने संकेत पाएपछि हिजैदेखि दौडधुप चालेको छ । हिजोबाट सर्वोच्चमा देउवालाइ प्रधानमन्त्री बनाइ पाउँ भन्ने १४६ पूर्व सांसदको निवेदनमा सुनुवाइ सुरू भएको छ । त्यसैलाइ प्रभावित पार्नका लागि सरकारविरूद्ध आन्दोलनमा उत्रन नेता त्रयले दिएको निर्देशन अनुसार विद्यार्थीहरू सडकमा निस्कन लागेको माधव नेपाल समूहका एक विद्यार्थी नेताले बताए । उनीहरूले प्रधानमन्त्रीको कदम राष्ट्रपतिले साथ दिएको र प्रचण्ड र देउवा लगायतको माग सम्बोधन नगरेको गुनासो गरेका छन ।

 

प्रकाशित मिति : १० असार २०७८, बिहीबार ०८:०७