२८ आश्विन २०८१, सोमबार | Tue Oct 15 2024

बाढी पीडितका दुःखमा साथदिन मुख्यमन्त्रीसहित बागमती सरकार मेलम्ची र हेलम्बुमा

१० असार, काठमाडाैँ । मेलम्चीखोला र इन्द्रावती नदीमा आएको बाढीका कारण सिन्धुपाल्चोकका नदी किनार र शहरी क्षेत्रका बासिन्दा बिस्थापीत बनेका छन् । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल सहीतको सरकारी टोलीले बुधबार मध्य झरीकै बीच सुरक्षा खतरा मोलेरै यस क्षेत्रको निरिक्षण गरेका छन् ।

मुख्यमन्त्री डोरमणि पौडेल मेलम्ची, हेलम्बु चनौटे, गणेश वगर पुग्दा यहाँका स्थानीय बासिन्दा बाढीले पुरेका संरचना निकाल्दै थिए । केही मानिसहरु तारजालीमा ढुङ्गा भर्दै बिद्यालय सहीत गाउँबस्ती र बाटो जोगाउन तल्लीन थिए । बाढीले बर्षौदेखि कमाएको सम्पती बगाएको र पुरीएको भन्दै यहाँका स्थानीयले तत्काल तारजाली ब्यवस्थापन गरी बस्ती सुरक्षित बनाउन मुख्यमन्त्रीलाई आग्रह गरेका थिए । हिमाली क्षेत्रमा पहीरो जाँदा मेलम्ची खोला थुनीएर बग्दा लेदो सहीतको बाढीले खोलाको सतह बढाएपछि नदी किनारका बस्ती र शहरमा बाढी पसेको थियो ।

नेपाली सेनाले मुख्यमन्त्री पौडेललाई राहत बितरण र उद्दारमा खेलेको भूमिकाको विषयमा जानकारी गराएको थियो । मुख्यमन्त्री पौडेलले नेपाली सेना सहीत सुरक्षा निकायले उद्दार कार्यमा देखाएको सक्रीयताप्रति धन्यबाद दिएका थिए । बाढीको कटान रोक्न तत्काल तारजाली पठाउने र थप बजेट ब्यवस्थापन गर्ने मुख्यमन्त्री पौडेलले यहाँका पीडीत सामु प्रतिबद्धता जनाएका छन् । मुख्यमन्त्री पौडेलले मेलम्ची नगरपालिकाका मेयरसंग समेत भेटघाट गरी यहाँको अवस्थाको बारेमा जानकारी लिनुभएको थियो ।

बाढीका कारण बिस्थापीत भई सामुदायिक बिद्यालय आश्रय लिईरहेका मेलम्चीका सर्वसाधारणले समेत बजार क्षेत्रलाई सुरक्षित पार्न मुख्यमन्त्रीलाई आग्रह गरेका थिए । चनौटे बजार र गणेश बगरबाट बिस्थापितहरुले समेत आफ्नो जीउधनको सुरक्षा गरिदिन आग्रह गर्दा मुख्यमन्त्री पौडेल भावुक देखिएका थिए । बागमती प्रदेश सरकारले प्रदेश विपद कोषबाट एक करोड र तटबन्धनका लागि भौतीक पूर्वाधार विकास मन्त्रालय मार्फत ५० लाख रुपैयाँ दिने निर्णय गरेर सिन्धुपाल्चोक पुगेका मुख्यमन्त्री पौडेललाई यहाँका स्थानीयले आफ्ना समस्या समाधानका लागि आग्रह गरेका छन् ।

मेलम्चीका स्थानीय ताराप्रसाद दुलाल तटबन्धन गरी खोलालाई पूर्ववत आफ्नै धारमा फकाई खोलाको सतह गहिराईदिए बजार क्षेत्र पुनः गुल्जार हुने विश्वास लिएर बसेका छन् । माथिल्लो भेगमा बर्षा हुनासाथ मेलम्ची बजारका स्थानीय बासिन्दा नजीकैको टारमा रहेको सामुदायिक विद्यालय भवन पुग्ने गरेका छन् । बाढीको कहरले उनीहरुलाई बैचैन बनाईरहेको छ । बाढीबाट बिस्थापीतहरु सामुहीक रुपमा बस्दा विभिन्न रोगको संक्रमण फैलन सक्ने भन्दै बागमती प्रदेश सरकारको पहलमा मदन भण्डारी स्वास्थ्य बिज्ञान प्रतिष्ठानको टोलीले स्वास्थ्य शिबीर सञ्चालन गरेको छ ।

नेपाली सेना, प्रहरीका चिकीत्सकहरुको टोली औषधि सहीत प्रभावित क्षेत्र पुगेका छन् । बाढी प्रभावित क्षेत्रमा दुईवटा स्थलमा सातदिनसम्म स्वास्थ्य शिबीर सञ्चालन गरिने मुख्यमन्त्रीका स्वकीय सचिब अनुप पौडेलले बताए । सिन्धुपाल्चोकको हेलम्बु, चनौटेमा दुई स्थानमा २० जना स्वास्थ्यकर्मीको टोली औयषधि सहीत पुगेको छ । स्वास्थ्यकर्मीको टोली एक हप्ता बसेर स्वास्थ्य सेवा प्रदान गर्ने ब्यवस्था मिलाईएको छ ।

मुख्यमन्त्री सहीत आन्तरिक मामीला तथा कानून मन्त्री केशब पाण्डेय, उद्योग पर्यटन बन तथा वातावरण मन्त्री शरेश नेपाल, नेपाली सेनाका जर्नेल विष्णु राउत, बागमती प्रदेश प्रहरी कार्यालयका प्रहरी नायब महानिरिक्षक बसन्त कुमार लामा, सशस्त्र प्रहरी महानिरिक्षक, भौतिक पुर्वाधार विकास मन्त्रालयका सचीब सहीत सिन्धुपाल्चोकका सरकारी कार्यलयका प्रमुखहरु सिन्धुपाल्चोकको बाढी प्रभावित क्षेत्रको अनुगमन गरेका हुन् ।

प्रकाशित मिति : १० असार २०७८, बिहीबार ०९:४७