२८ आश्विन २०८१, सोमबार | Tue Oct 15 2024

आन्तरिक हवाई उडान १७ असारबाट खुला हुने

९ असार, काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आन्तरिक हवाइ उडान असार १७ गतेदेखि संचालन गर्न दिने निर्णय  गरेको छ। यात्रु क्षमता ५० प्रतिशतले नबढ्ने गरी सञ्चालन गर्न दिने निर्णय भएको मन्त्रालयले जनाएको छ ।

बुधवार नेपाल नागरिक उड्डयन प्राधिकरणलाई विभिन्न वायुसेवा कम्पनीहरुलाई दुईतर्फी उडान स्वीकृति प्रदान गर्ने विषयमा पत्राचार गरेर यस्तो जानकारी गराएको प्राधिकरणका प्रवक्ता राजकुमार छेत्रीले जानकारी दिनुभयाे ।

तर, उडानका लागि खुला गरिएका गन्तव्यहरुको विवरण भने सार्वजनिक गरिएकाे छैन । सोमबार मन्त्रिपरिषद्को बैठकले आन्तरिक उडान सञ्चालनको व्यवस्था मिलाउने जिम्मेवारी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई दिएको थियो ।

अन्तर्राष्ट्रिय गन्तब्यमा भने तोकिएको रुटमा बिहीबारबाटै उडान शुरु हुनेछ ।

अन्तर्राष्ट्रिय गन्तब्यकाे यस्ताे छ उडान तालिकाः

प्रकाशित मिति : ९ असार २०७८, बुधबार १८:०७