२८ आश्विन २०८१, सोमबार | Tue Oct 15 2024

अधिवक्ता यादवको बहसः ७६ (५) को सरकार बनाउन दलको समर्थन चाहिँदैन

९ असार, काठमाडाैँ । वरिष्ठ अधिवक्ता महादेव यादवले संविधानको धारा ७६ को उपधारा ५ अनुसारको प्रधानमन्त्री बन्नका लागि दलको समर्थन नचाहिने बताउनुभएकाे छ ।

प्रतिनिधिसभा विघटनविरुद्ध काँग्रेस सभापति शेरबहादुर देउवा लगायतको रिट निवेदनमाथि पक्षमा बहसमा गर्दै उहाँले संविधानको धारा ७२ को उपधारा ३ सम्म दलको समर्थनको कुरा आउने भएपनि उपधारा ५ मा त्यस्तो व्यवस्था नरहेको बताउनुभयाे ।

‘धारा ७६ को उपधारा ३ सम्म दलको समर्थनको कुरा आउँछ । तर, उपधारा ५ मा दलको समर्थन चाहिँदैन । संविधानको धारा ७६(२) बमोजिमको कुनै सदस्य भनेको हुनाले त्यहाँ दलको समर्थन संविधानले खोजेको छैन। ७६ को उपधारा ५ अनुसार सरकार गठन हुन दलको ह्विप लाग्दैन ।’

प्रकाशित मिति : ९ असार २०७८, बुधबार १३:४९