प्रधानन्यायाधीशको प्रश्न : धारा ७६(३) को प्रधानमन्त्रीले ७६(४) मा जानैपर्छ कि पर्दैन ?
९ असार, काठमाडाैँ । प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिटमाथि सर्वाेच्च अदालतको संवैधानिक इजलासमा जारी बहसमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले नेपालको संविधानको धारा ७६(३) को प्रधानमन्त्रीले ७६(४) अनुसार विश्वासको मत लिने प्रक्रियामा जानैपर्छ कि पर्दैन भनेर प्रश्न गर्नुभएकाे छ ।
प्रधानन्यायाधीश जबराले निवेदक पक्षका कानून व्यवसायी गोविन्द बन्दीले बहस गरिरहेका बेला प्रश्न गर्नुभएकाे हाे।जवाफमा अधिवक्ता बन्दीले संविधानको प्रक्रिया अनुसार विश्वासको मत लिने प्रक्रियामा जानुपर्ने जवाफ दिनुभयाे ।
नेपाली कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवालाई संविधानको धारा ७६(५) अनुसारको प्रधानमन्त्री नियुक्त गर्न परमादेश मागिएको रिटमाथि बुधवार सुनुवाइ भइरहेको छ ।
प्रकाशित मिति : June 23, 2021 at 1:16 pm





