६ श्रावण २०८३, बुधबार | Thu Jul 23 2026

ओलीको भ्याकेट निवेदन आनन्दमोहन भट्टराई र हरि फुयालको इजलासमा

८ असार, काठमाडाैँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा अ‍ोलीको तर्फबाट दर्ता भएको भ्याकेटको निवेदनमाथि न्यायाधीश आनन्दमोहन भट्टराई र हरि फुयालको संयुक्त इजलासमा सुनुवाइका लागि पेशी तोकिएको छ । एमालेको दशौं राष्ट्रिय महाधिवेशन आयोजक समितिको कारवाहीलाई मान्यता नदिने सर्वोच्च अदालतको अन्तरिम आदेश खारेजीको माग गर्दै ओलीले भ्याकेट निवेदन दिनुभएकाे थियाे ।

कर्णाली प्रदेशका प्रदेशसभा सदस्यहरु प्रकाश ज्वाला, नन्दसिंह बुढा, कुर्मराज शाही र अमरबहादुर थापालाई एमालेले ह्वीप उल्लंघन गरेको भन्दै कारबाही गरेको थियो । तर एमालेले गरेको सो कारवाहीलाई न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले अन्तरिम आदेशमार्फत बदर गरिदिएको थियो । उक्त आदेश एकतर्फी सुनुवाइका आधारमा भएको सो आदेश खारेजीको माग गर्दै ओलीले आइतबार भ्याकेट निवेदन पेश गर्नुभएकाे थियाे ।

प्रकाशित मिति : June 22, 2021 at 11:41 am