२९ आश्विन २०८१, मंगलवार | Tue Oct 15 2024

नेपाल प्रहरीका १६ डिआइजीको सरूवा (को कहाँ ? सूचीसहित)

७ असार, काठमाडौँ । गृह मन्त्रालयले नेपाल प्रहरीको प्रहरी नायव महानिरीक्षक (डिआइजी) को सुरुवा गरेको छ । गृहमन्त्री खगराज अधिकारीले मन्त्रीस्तरीय निर्णय गरी आज सातै प्रदेशका प्रहरी प्रमुखको सरुवा गर्नुभएको हो ।

गृहले एक नम्बर प्रदेशमा अरुण बीसीको सरुवा गरेको छ । त्यसैगरी उमेश रन्जीतकारलाई २ नम्बर प्रदेशमा पठाएको छ । त्यस्तै बागमति प्रदेशमा प्रकाशजंग कार्कीलाई पठाएको छ भने गण्डकी प्रदेशमा दिवेश लोहोनीलाई सरुवा गरेको छ ।

यसैगरी लुम्बिनी प्रदेशमा मुकुन्द आर्चाय, कर्णाली प्रदेशमा गणेश ऐर र सुदुरपश्चिम प्रदेशमा पुरुषोतम कडेंललाई सरुवा गरिएको छ । यस्तै केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइवी) मा धिरजप्रताप सिंहको सरुवा भएको छ ।

प्रकाशित मिति : ७ असार २०७८, सोमबार १८:३२