२९ आश्विन २०८१, मंगलवार | Tue Oct 15 2024

काेराेना अपडेटः २२९७ जनामा संक्रमण पुष्टि, ३१३० संक्रमणमुक्त, ४६ जनाको मृत्यु

७ असार, काठमाडाैँ । पछिल्लो २४ घण्टामा थप २२९७ जनामा काेराेना संक्रमण पुष्टि भएको छ । १० हजार ९०४ जनाको पीसीआर विधिबाट परीक्षण गर्दा  १५८४ र  एन्टिजेन विधिबाट ७१३ जनामा काेराेना संक्रमण पुष्टि भएको हो । काेराेना संक्रमणबाट पछिल्लो २४ घण्टामा ४६ जनाको मृत्यु भएको छ । याेसँगै काेराेना संक्रमणबाट हालसम्म ८७७२ जनाकाे मृत्यु भएकाे छ । यही अवधिमा थप ३१३० जना संक्रमणमुक्त भएका छन् ।

प्रकाशित मिति : ७ असार २०७८, सोमबार १७:०७