२९ आश्विन २०८१, मंगलवार | Tue Oct 15 2024

डा खतिवडा कोष्टारिकाका लागि गैरआवासीय राजदूत नियुक्त

७ असार, काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले संयुक्त राज्य अमेरिकाका लागि नेपाली आवासीय राजदूत डा युवराज खतिवडालाई कोष्टारिकाका लागि समेत गैरआवासीय राजदूतमा नियुक्त गर्नुभएको छ । नेपालको संविधानको धारा २८२ को उपधारा १ बमोजिम आज सो नियुक्ति गरिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : ७ असार २०७८, सोमबार १६:३०