२९ आश्विन २०८१, मंगलवार | Tue Oct 15 2024

अभियन्ताको आवरणमा कुटपिट गर्दै हिड्ने ज्वाला संग्रौलासहित तीन जना पक्राउ

६ असार, काठमाडाैँ । अभियन्ताको आवरणमा नागरिक माथि कुटपिट गर्ने र धम्की दिँदै हिड्ने ज्वाला संग्रौलासहित तीनजना पक्राउ परेका छन । महानगरीय प्रहरी परिसर टेकुले ज्वालासहित तीन जनालाई पक्राउ गरी हिरासतमा लिएको हो ।

युवा संघकी केन्द्रीय सदस्य खुस्बु घिमिरेले दिएको जाहेरीका आधारमा उनीहरुलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार पक्राउ पर्नेमा आफूलाई अभियन्ता बताउने ज्वाला संग्रौला, हिमाल उपाध्याय र शर्मिला वाइवा रहेका छन् । उनीहरू तीनै जनाविरूद्ध मुद्दा चलाउने तयारी भएको एसपी रमेश बस्नेतले जानकारी दिनुभयो ।

उनीहरुमाथि कुटपिट, अभद्र व्यवहार तथा प्रहरीमाथि समेत हातपात गरेको अभियोग लागेको छ । खुस्बुमाथि गत जेठ १६ गते गौशला प्रहरी वृत्तको हिरासतमा ज्वालाको समूहले आक्रमण गरेको थियो । त्यसविरुद्ध खुस्बुले टेकु प्रहरी परीसरमा उजुरी गरेकी थिइन् । प्रहरीले मुद्दा चलाएसँगै उनीहरू केही दिन हिरासतमै रहने भएका छन ।

प्रकाशित मिति : ६ असार २०७८, आईतवार १८:५०