अब बार अनुसार पसल सञ्चालन गर्न पाइने, कुन बार के खुल्छ ?
६ असार, काठमाडाैँ । कोभिड–१९ संक्रमण रोकथामका लागि काठमाडौँ उपत्यकामा जारी निषेधाज्ञा थप एक साता लम्बाइएको छ । आइतबार बसेको काठमाडौँ उपत्यकाका तीनै जिल्ला प्रशासन कार्यालयहरूको संयुक्त बैठकले उक्त निर्णय गरेको हो ।
थप गरिएको निषेधाज्ञा असार १४ गते मध्यरातसम्म लागु हुनेछ । काठमाडौं उपत्यकामा जोर बिजोर प्रणालीमा निजी सवारी साधन सञ्चालन गर्न पाइने भएकाे छ । यस्तै बार अनुसार पसल सञ्चालन गर्न दिने समेत निर्णय भएको छ ।
आइतबार, मंगलबार र बिहीबार सुनचाँदी, भाँडा, विद्युतीय, घरायसी सामान बिक्री गर्ने पसल सञ्चालन हुनेछन् । त्यस्तै, अटोमोबाइल र त्यसका पार्टपूर्जा पाइने पसल पनि खुल्नेछ ।
सोमबार, बुधबार र शुक्रबार सपिङ मल, खेलकुद सामग्री पसल, कपडा, जुत्ता पसल खोल्न दिने निर्णय भएको छ । यस्तै फेन्सी, कस्मेटिक, गिफ्ट र टेलरिङ खुल्नेछन् ।
बारका आधारमा खुल्ने पसल बिहान ११ देखि ४ बजेसम्म खोल्न दिने निर्णय भएको प्रजिअ पराजुलीले बताए । खाद्यान्न, फलफूल र तरकारी पसल चाहिं हरेक दिन ११ बजेसम्म खुल्नेछ ।
प्रकाशित मिति : June 20, 2021 at 5:48 pm





