७ श्रावण २०८३, बिहिबार | Thu Jul 23 2026

काठमाडौँ उपत्यकामा निषेधाज्ञा एकसाता थपियो, निजी सवारी चल्न दिइने

६ असार, काठमाडाैँ । कोभिड–१९ संक्रमण रोकथामका लागि काठमाडौँ उपत्यकामा जारी निषेधाज्ञा थप एकसाता लम्बाइएको छ । आइतबार बसेको काठमाडौँ उपत्यकाका तीनै जिल्ला प्रशासन कार्यालयहरुको संयुक्त बैठकले उक्त निर्णय गरेको हो ।

थपिएको निषेधाज्ञा अवधिमा थप केही क्षेत्र खुकुलो तुल्याइएको छ । अब काठमाडौँ उपत्यकामा असार १४ गतेसम्म निषेधाज्ञा हुने भएको छ। अबको निषेधाज्ञा भने खुकुलो बनाइने भएको छ। निजी सवारीलाई जोर-बिजोरअनुसार चल्न दिने निर्णय भएकाे ललितपुरका प्रजिअ ढुण्डीप्रसाद निरौलाले जानकारी दिनुभयाे । अरु सार्वजनिक सवारी साधन भने चलाउन पाइने छैन ।

प्रकाशित मिति : June 20, 2021 at 5:32 pm