२९ आश्विन २०८१, मंगलवार | Tue Oct 15 2024

सर्वोच्चद्वारा धितोपत्र बोर्डविरुद्धको मुद्दामा अन्तरिम आदेश दिन अस्वीकार

६ जेठ, काठमाडौँ । धितोपत्र बोर्डविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । नेपाल धितोपत्र बोर्डविरुद्ध सर्वोच्च अदालतमा परेको मुद्दामा १५ दिन भित्र लिखित जवाफ पेश गर्न आदेश दिएको छ । ५१ कम्पनीको लगानी जोखिमयुक्त भन्दै जारी गरेको सुचीसहितको विज्ञप्ति बदर गर्न माग गरेकाेमा कारण देखाउ सर्वोच्च अदालतले आदेश जारी भएको हो ।

न्यायधीश डा. कुमार चुडालको एकल इजलाशले के कारणले त्यस्ताे विज्ञप्ति सार्वजनिक गरेकाे हाे उक्त कारण खुलाउन आदेश जारी गर्दै सर्वोच्चले अन्तरिम आदेश नहुने फैसला गरेको हो ।

प्रकाशित मिति : ६ असार २०७८, आईतवार १७:२९