२९ आश्विन २०८१, मंगलवार | Tue Oct 15 2024

धादिङका सहायक वन अधिकृत पौडेल ४० हजार घुससहित पक्राउ

६ असार, काठमाडाैँ । धादिङकाे निलकण्ठ सव-डिभिजन वन कार्यालयका सहायक वन अधिकृत कृष्ण प्रसाद पौडेल ४०,००० घुससहित पक्राउ परेका छन् । पौडेलले सेवाग्राहीले फर्निचर उद्योगमा चिरानको लागि ल्याएको काठ अनुसन्धान गर्ने भन्दै कागजात तयार पारेर वन कार्यालयमा लगे पश्चात मुद्दा मिलाउने हो भने ४०,००० दिनुपर्छ भन्दै घुस मागेका थिए ।

पाैडेलले घुस मागेकाे भन्दै सेवाग्राहीले सूचना दिएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालबाट खटिएकाे आयोगकाे टोलीले उनलाई ४०,००० घुससहित उनकै कार्यकक्षबाट नियन्त्रणमा लिएकाे हाे । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको पनि अख्तियारका प्रवक्ता नारायण प्रसाद रिसालले जानकारी दिनुभयाे ।

प्रकाशित मिति : ६ असार २०७८, आईतवार १४:३१