२९ आश्विन २०८१, मंगलवार | Tue Oct 15 2024

भिरबाट खसेको ढुङ्गा लागेर नेपाली सेनामा कार्यरत दिलबहादुरको मृत्यु

६ असार, मार्तडी । बाजुराको पूर्वी उत्तरी भेगको जगन्नाथ गाउँपालिका–३ घोटकन्यामा आज कर्णाली करिडोर सडकको माथिबाट खसेको ढुङ्गा लागेर एक पैदलयात्रीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा नेपाली सेनामा कार्यरत ३८ वर्षीय दिलबहादुर भण्डारी रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक धनदेव साउँदले जानकारी दिनुभयो । हिमाली गाउँपालिकाका–४ रुगिन घर भएका भण्डारीको घटनास्थलमै मृत्यु भएको उहाँले बताउनुभयो । मृतक भण्डारीको टाउकामा ढुङ्गा लागेपछि घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ६ असार २०७८, आईतवार १२:२४