नेपाली कांग्रेसका नेता एंव पूर्वसञ्चार राज्यमन्त्री तप्तबहादुर बिष्टको कोरोनाबाट निधन
६ असार, काठमाडाैँ । कोरोनाभाइसको संक्रमणबाट नेपाली कांग्रेसका नेता एंव पूर्वसञ्चार राज्यमन्त्री तप्तबहादुर बिष्टको निधन भएको छ। सुर्खेतका पूर्व सांसद समेत रहनुभएका विष्ट उतै कोरोना संक्रमण भएर बिरामी पर्नुभएको थियो ।उहाँलाई स्वास्थयमा जटिल समस्या देखिएपछि थप उपचारका लागि केही दिनअघि हेलिकप्टरमा काठमाडौं ल्याइएको थियो। मेडिसिटी अस्पतालमा उपचारको क्रममा आइतबार बिहान पाँच बजे विष्टको निधन भएको कांग्रेसले जनाएको छ । विष्ट लामो समय कांग्रेस सर्खेतको सभापति समेत रहनुभएको थियो ।
प्रकाशित मिति : June 20, 2021 at 8:00 am





