रातो भाले रेष्टुरेन्टमा बसेर ५ लाख घुस खाने नुवाकोटमा कार्यरत इन्जिनियर लोकेन्द्र थापा पक्राउ
२७ असार, काठमाडाैँ । सामाखुशीको रातो भाले रेष्टुरेन्टमा बसेर ५ लाख घुस खाने नुवाकोटमा कार्यरत इन्जिनियर लोकेन्द्र थापा पक्राउ परेका छन । अख्तियार दुरूपयोग अनुसन्धान अायोगको टोलीले मंगलबार साँझ ५ लाख घुससहित राष्ट्रिय पुर्ननिर्माण प्राधिकरण नुवाकोटमा कार्यरत थापा पक्राउ परेका हुन ।
प्राधिकरणको जिल्ला आयोजना कार्यालय नुवाकोटमा कार्यरत थापाले एक बिद्यालयसँग घुस लिएका हुन्। नुवाकोटको महेन्द्र प्राविको भवन निर्माणका लागि प्राधिकरणले ६७ लाख रुपैयाँ बजेट दिएको थियो। त्यसमध्ये २२ लाख भुक्तानी हुन बाँकी थियो। सो रकम भुक्तानीका लागि उनले १० लाख घुस मागेका थिए तर पछि ५ लाख घुसमा सहमति भएको थियो ।

इन्जिनियर थापाले दुःख दिएपछि ठेकदारले अख्तियारलाई सूचना दिएर घुस दिएका हुन्। सामाखुशीको रातो भाले रेस्टुरेन्टमा घुस लिएलगत्तै आयोगको टोलीले उनलाई पक्राउ गरेको हो ।
प्रकाशित मिति : July 11, 2018 at 8:06 am









