७ श्रावण २०८३, बिहिबार | Thu Jul 23 2026

जगदम्बा स्टिल इन्डस्ट्रिज उद्योगमा आगलागी हुँदा दुई मजदुरको ज्यान गयो

६ असार, बारा । जगदम्बा स्टिल इन्डस्ट्रिज उद्योगमा आगलागी हुँदा दुई मजदुरको ज्यान गएको छ । बाराको सिमरामा रहेको जगदम्बा स्टिल इन्डस्ट्रिज उद्योगमा आगलागी हुँदा दुई जना मजदुरको ज्यान गएको र थप घटनाका सम्बन्धमा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ । घटनामा अन्य तीन जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय बाराका अनुसार आगलागीमा परि भारतको बिहार पश्चिम चम्पारणका ४० वर्षका प्रदीप गोंढ र बिहारकाे सिमान जिल्लाका ४५ वर्षका रामनाथ महतोको ज्यान गएको छ । आगलागीमा परि रामकुमार विक, ईन्द्रप्रसाद अधिकारी र नवराज चौलागाईं घाइते भएका छन । उनीहरूको स्थानीय अस्पतालमा उपचार भैरहेको छ ।

प्रकाशित मिति : June 20, 2021 at 7:31 am