७ श्रावण २०८३, बिहिबार | Thu Jul 23 2026

बाग्मती प्रदेशका सामाजिक विकासमन्त्री बस्नेतद्धारा पशुपति चौलागाईँ स्मृति अस्पतालको निरीक्षण

५ असार, चरिकाेट । बाग्मती प्रदेशका सामाजिक विकासमन्त्री सरस्वती बस्नेतले प्रदेशस्तरीय ‘पशुपति चौलागाईँ स्मृति अस्पताल’को आज निरीक्षण गर्नुभएको छ ।

स्वास्थ्य सामग्रीसहित दोलखा आउनुभएका मन्त्री बस्नेतलले उक्त अस्पतालसहित जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र चरिकोटको समेत अवलोकण गर्नुभयो । मन्त्री बस्नेतले स्वास्थ्य संस्थालाई स्वास्थ्य सामग्री वितरण गर्नुभएको थियो । उहाँले महामारीका समयमा ज्यान जोखिममा राखेर रात दिन कोभिड–१९ नियन्त्रणका लागि खट्ने स्वास्थ्यकर्मीको प्रशंसा गर्नुभयो ।

चरिकोट प्राथमिक स्वास्थ्य केन्द्रलाई स्तरोन्नति गरी प्रस्तावित चरिकोट अस्पताल बनाउने तयारी रहेकोमा बाग्मती प्रदेश सरकारले कोभिड–१९का कारण निधन भएका प्रदेश सदस्य एवं नेकपा (एमाले) का नेता चौलागाइको सम्झनामा यसलाई स्मृति अस्पताल बनाउने निर्णय गरेको थियो ।

प्रकाशित मिति : June 19, 2021 at 8:49 pm