२९ आश्विन २०८१, मंगलवार | Tue Oct 15 2024

विदेश जाने व्यक्तिको काेराेना परीक्षण गर्न प्रयोगशाला थपिएकाे छैन : स्वास्थ्य मन्त्रालय

५ असार, काठमाडाैँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विदेश जाने व्यक्तिको कोभिड–१९ सङ्क्रमणको पिसिआर परीक्षणका लागि थप प्रयोगशालालाई अनुमति नदिएको स्पष्ट पारेको छ ।

मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले आज विज्ञप्ति जारी गर्दै विदेश जानेको प्रयोजनका लागि सबै सरकारी प्रयोगशाला र न्यूनतम सय शय्या भएका अस्पताल र ‘ए’ वर्गका निजी प्रयोगशालाबाहेक अन्यलाई अनुमति नदिएको स्पष्ट पार्नुभएको छ ।

केही सञ्चारमाध्यममा अन्य प्रयोगशालालाई पनि विदेश जाने प्रयोजनका लागि पिसिआर गर्न अनुमति दिएको समाचार आएको भन्दै उहाँले मन्त्रालयको आधिकारिक जानकारी नलिई सर्वसाधारणलाई अप्ठ्यारो पर्ने खालका सूचना प्रकाशन नगर्न अनुरोध गर्नुभएको छ ।

प्रकाशित मिति : ५ असार २०७८, शनिबार २०:३६