२९ आश्विन २०८१, मंगलवार | Tue Oct 15 2024

धादिङमा पहिरोमा परी डोजरसँगै दुई मानिस वेपत्ता

५ असार, धादिङ । धादिङको सेर्तुङमा पहिरोले डाेजर पुरेको  छ । जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार शुक्रवार बेलुकादेखि डोजरसँगै दुई जना बेपत्ता भएका छन् । वेपत्ता हुनेमा डोजर चालक सिन्धुपाल्चोक जिल्लाका राजु पराजुली र रुवीभ्याली गाउँपालिका वडा नम्बर ५ का जोजो तामाङ  रहेका छन । धादिङ बेसीकाे तिप्लिङ सडकअन्तर्गत आदा  खोलामा पहिरो खसेको हो । जिल्ला प्रहरी कार्यालय धादिङका प्रमुख प्रहरी उपरीक्षक महेन्द्र खड्काले बेपत्ता दुवैकाे खोजी भइरहेको जानकारी दिनुभएकाे छ ।

प्रकाशित मिति : ५ असार २०७८, शनिबार ०९:३५