२९ आश्विन २०८१, मंगलवार | Tue Oct 15 2024

एमाले वरिष्ठ नेता खनालको स्वास्थ्यमा सुधार, भ्रमकोपछि नलाग्न सचिवालयको आग्रह

५ असार, काठमाडाैँ । नेकपा (एमाले)का वरिष्ठ नेता एवं पूर्व प्रधानमन्त्री झलनाथ खनालको स्वास्थ्यमा क्रमिक सुधार देखिएको छ । चिकित्सकहरूले खनालको स्वास्थ्यमा सुधार भैरहेको जानकारी दिनुभएको छ । खनालको स्वास्थ्य छन जटिल भन्दै भएको प्रचारप्रति आपत्ति जनाउँदै उहाँको स्वकीय सचिव कृष्ण भट्टराईले भ्रमको पछि नलाग्न अनुरोध गर्नुभएको छ ।

स्वकीय सचिव भट्टराईले खनालपुत्र निर्भिक चित्रकारसँग कुरा भैरहेको भन्दै यथार्थ बुझेरमात्र प्रचार गर्न अनुरोध गर्नुभएको छ । उहाँले अनावश्यक रूपमा गल प्रचार गर्नेमाथि कारबाही गर्न माग गर्नुभएको छ । खनालको फोक्सोमा पानी जमेपछि श्वासप्रश्वासमा समस्या भएको छ । उहाँको मिर्गाैला पनि समस्या रहेको छ । खनाललाइ असार २ गते थप उपचारका लागि भारतको अपोलो अस्पताल लगेर भर्ना गरिएको छ ।

प्रकाशित मिति : ५ असार २०७८, शनिबार ०८:४९