२९ आश्विन २०८१, मंगलवार | Tue Oct 15 2024

स्वास्थ्यमन्त्री तामाङको अनुरोधमा काठमाडाैँ महानगरले मेलम्चीका लागि दियो २ करोड

४ असार, काठमाडौँ । स्वास्थ तथा जनसंख्यामन्त्री शेरबहादुर तामाङको पहलमा काठमाडौं महानगरपालिकाले सिन्धुपाल्चोकको मेलम्ची र हेलम्बुका बढी तथा पहिरो पिडितको लागि २ करोड रूपैयँ सहयोग गर्ने भएको छ । मन्त्री तामाङको विशेष अनुरोधमा काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले २ करोड रूपैयाँ दिने घोषणा गर्नुभएको हो ।

मेलम्चीका लागि सहयोग गर्नु काठमाडौँका लागि कर्तव्य नै भए पनि मन्त्री तामाङको आग्रहमा महानगरले २ करोड उपलब्ध गराउने निर्णय गरेको हो । मन्त्री तामाङले मेयर शाक्यलाई मन्त्रालयमै बोलाएर आग्रह गर्नुभएको थियो । मेयर शाक्यले आवश्यक पर्दा थप सहयोगका लागि काठमाडौँ महानगर तयार रहेको जानकारी पनि गराउनुभएको छ । महानगरले शुक्रबार मात्रै हेलम्बुमा पूर्वाधार विकासका लागि थप ५० लाख रूपैयाँ दिने निर्णय गरेको छ ।

प्रकाशित मिति : ४ असार २०७८, शुक्रबार १०:२४