२९ आश्विन २०८१, मंगलवार | Tue Oct 15 2024

काेराेना अपडेटः २६०७ संक्रमित थपिए, ३९ जनाको मृत्यु, २१४१ संक्रमणमुक्त

३ जेठ, काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप २६०७ जनमा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा ७७११ जनाको पीसीआर परीक्षण गर्दा १७६८ र ४७७३ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ८३९ जना गरी २६०७ जनामा कोरोना संक्रमण पुष्टि भएको हाे ।

त्यस्तै, पछिल्लो २४ घण्टामा काेराेना संक्रमणबाट थप ३९ जनाको मृत्यु भएको छ । सोही अवधिमा  २१४१ जना संक्रमणमुक्त भएका छन् । याेसँगै निको हुने दर ८८.६ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : ३ असार २०७८, बिहीबार १७:१९