२९ आश्विन २०८१, मंगलवार | Tue Oct 15 2024

मनाङमा बाढी पहिरोमा फसेका ३५ जनालाई सेनाकाे हेलिकप्टरमार्फत उद्धार

३ असार, काठमाडाैँ । बाढी पहिरोमा विगत ३ दिनदेखि फसेका मनाङका ३५ जनालाई उद्धार गरिएको छ । उनिहरूलाई बिहीबार नेपाली सेनाकाे हेलिकप्टरबाट उद्धार गरिएकाे हाे ।  मौसममा आएको खराबीका कारण यसअघि त्यस क्षेत्रमा हेलिकप्टर जान सकेको थिएन । नेपाली सेनाको हेलिकप्टरमार्फत सिरानतालका २४ जना र थोंचेको गुम्बामा ११ जनाको उद्धार गरी सुरक्षित स्थानमा राखिएको मनाङका प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले जानकारी दिनुभयाे ।

 

प्रकाशित मिति : ३ असार २०७८, बिहीबार १५:५६