२९ आश्विन २०८१, मंगलवार | Tue Oct 15 2024

काठमाडौँ महानगरपालिकाले मेलम्ची र हेलम्बुका बाढी पीडितका लागि २ करोड दिने

३ असार, काठमाडाैँ । सिन्धुपाल्चोकको मेलम्ची र हेलम्बुका बाढी प्रभावितलाई काठमाडौँ महानगरपालिकाले २ करोड रुपैयाँ सहयोग गर्ने भएको छ ।

बिहीबार आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै महानगरका मेयर विद्यासुन्दर शाक्यले  मेलम्ची र हेलम्बुका बाढी प्रभावित क्षेत्रमा सहयोगस्वरुप २ करोड रुपैयाँ दिने घोषणा गर्नुभएकाे हाे । मेयर शाक्यले उक्त रकम  बाढी प्रभावितलाई राहत तथा उद्धारका लागि खर्च गर्नका लागि दिइने बताउनुभयाे ।

मंगलबार राति मेलम्ची खोलामा बाढी आउँदा हेलम्बु र मेलम्चीका सयौं मानिस घरबारविहीन भएका छन् । बाढीले सडक, पुललगायतका सार्वजनिक संरचनामा पनि क्षति पुर्‍याएको छ ।

प्रकाशित मिति : ३ असार २०७८, बिहीबार १४:०९