२९ आश्विन २०८१, मंगलवार | Tue Oct 15 2024

वैदेशिक रोजगारीबाट फर्कनेलाई १० दिनकाे होटल क्वारेन्टीन खर्च सरकारले दिने

३ जेठ, काठमाडाैँ । कोभिड १९ व्यवस्थापन निर्देशक समितिले वैदेशिक रोजगारीबाट फर्कनेलाई सरकारले १० दिनको होटल क्वारेन्टीन खर्च उपलब्ध गराउने गरी निर्णय गरेको छ । बुधबार बसेकाे निर्देशक समितिको बैठकले साे निर्णय गरेकाे हाे ।

बैठकले नेपाली श्रमिक अधिक संख्यामा रहेका टर्की, कतार, साउदी अरेबिया, युएई , जापान र मलेशिया जस्ता देशहरुमा हवाई उडान पुनः संचालन गर्ने निर्णय गरेको छ । यी देशहरुबाट सातामा दुई हजार जना यात्रु भन्दा नबढ्ने गरी हवाई उडान सञ्चालन हुनेछन् ।

बैठकले वैदेशिक रोजगारीमा गएका तर विभिन्न कारणले होटलमा क्वारेन्टीनमा बस्न नसक्ने कामदारका लागि सहयोग रकम उपलब्ध गराउने निर्णय समेत गरेको छ । कुल १५ दिन बस्नुपर्ने क्वारेन्टीनका लागि १० दिनसम्मको खर्च सरकारले व्यवस्थापन गर्नेछ ।

प्रकाशित मिति : ३ असार २०७८, बिहीबार ०८:४४