२९ आश्विन २०८१, मंगलवार | Tue Oct 15 2024

काेराेना अपडेटः २८२८ संक्रमित थपिए, ५२ जनाको मृत्यु, ३०८२ संक्रमणमुक्त

२ असार, काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा २८२८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा ८६८७ जनाको पीसीआर परीक्षण गर्दा २०१४ र ४३३५ जनाको एन्टिजेन परीक्षण गर्दा ८१४ जना गरी २८२८ जनामा कोरोना संक्रमण पुष्टि भएकाे हाे ।

पछिल्लो २४ घण्टामा काेराेना संक्रमणबाट थप ५२ जना मृत्यु भएको छ । सोही अवधिमा देशभर ३०८२ जना संक्रमणमुक्त भएका छन् । निको हुने दर ८८.५ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : २ असार २०७८, बुधबार १६:५४