२९ आश्विन २०८१, मंगलवार | Tue Oct 15 2024

पूर्वप्रधानमन्त्री खनाल थप उपचारका लागि दिल्ली प्रस्थान

२ असार, काठमाडाैँ । नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाल स्वास्थोपचारका सिलसिलामा नयाँ दिल्ली प्रस्थान गर्नुभएकाे छ । खनाललाई आज दिउँसो दिल्ली लागिएको खनालको सचिवालयले जनाएको छ । उहाँकाे नयाँ दिल्लीस्थित एपोलो अस्पतालमा उपचार हुनेछ ।

बुधबार खनाल श्रीमती, छोरा र एक चिकित्सकसहित दिल्ली जानुभएकाे हाे । केहीदिनदेखि अस्वस्थ हुनुभएका उहाँ काठमाडौँको नर्भिक अस्पतालमा उपचाररत हुनुहुन्थ्याे । तर, स्वास्थ्य बिग्रिदै गएपछि परिवारको निर्णयमा दिल्ली लगिएको छ । उहाँ मिर्गौलाको समस्याबाट पीडित हुनुहुन्छ ।

प्रकाशित मिति : २ असार २०७८, बुधबार १३:३७