२९ आश्विन २०८१, मंगलवार | Tue Oct 15 2024

कांग्रेस सभापति देउवाद्धारा बाढी-पहिरो पीडितको उद्धारमा जुट्न कार्यकर्तालाई निर्देशन

२ असार, काठमाडाैँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मनसुनी वर्षाका कारण देशका विभिन्न क्षति पुगेको अवस्थामा तत्काल आ-आफ्नो क्षेत्रमा उद्धार र राहतमा खटिन कार्यकर्तालाई निर्देशन दिनुभएकाे छ । आज विहान सामाजिक सञ्जालमाफर्त भन्नुभएकाे छ,, ‘केहि दिनदेखिको अविरल वर्षाका कारण सिन्धुपाल्चोक, मनाङलगायत देशका विभिन्न क्षेत्रमा क्षति हुन थालेको छ । कठिन अवस्थामा नेपाली कांग्रेसका नेता, कार्यकर्ताहरुलाई तत्काल आ-आफ्नो क्षेत्रमा उद्धार र राहतमा खटिन निर्देशन गर्दछु ।’ प्रमुख प्रतिपक्षी दलका नेतासमेत रहनुभएका देउवाले विपदमा परेका जनतालाई तत्काल उद्धार गरेर सुरक्षित स्थानमा सार्न र उनीहरुलाई आवश्यक राहत प्याकेजको घोषणा गर्न सरकारसँग मागसमेत गर्नुभएकाे छ ।

प्रकाशित मिति : २ असार २०७८, बुधबार १२:३०