२९ आश्विन २०८१, मंगलवार | Tue Oct 15 2024

पूर्वप्रधानमन्त्री खनाललाई उपचारका लागि दिल्ली लगिंदै

२ असार, काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाललाई थप उपचारका लागि नयाँदिल्ली लगिंदै छ । उहाँलाई बुधबार दिउँसो साढे बाह्र बजे दिल्ली लैजान लागिएको खनालको सचिवालयले जनाएको छ । खनालको उपचार दिल्लीको एपोलो अस्पतालमा हुने छ । उहाँलाई ज्वरो आएपछि गत सोमबार बिहान काठमाडौँ नर्भिक अस्पतालमा भर्ना गरिएको थियो । यसअघि कोरोना संक्रमित भएका खनाल लामो समय नर्भिक अस्पतालमा नै उपचार गरेर घर फर्किनुभएकाे थियाे ।

प्रकाशित मिति : २ असार २०७८, बुधबार १०:३५