२९ आश्विन २०८१, मंगलवार | Tue Oct 15 2024

मेलम्ची र इन्द्रावतीको बाढीले ६ वटा पुल बगायो, चारवटा बजार क्षतविक्षत

२ असार, काठमाडाैँ । अविरल वर्षासँगै अाएको बाढीले सिन्धुपाल्चोकमा मेलम्ची र इन्द्रावतीको बाढीले ६ वटा पुल बगाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री शेरबहादुर तामाङ अनुसार बाढीले चार वटा बजार क्षतविक्षत भएका छन । पक्की घरहरू दुई तलासम्म लेदोले पुरिएको छ भने टहराहरू सबै बगाएका छन ।

मन्त्री तामाङ अनसार बाढीले ५० औँ जना बेपत्ता भएका छन । मेलम्ची खानेपानी ड्याम समाप्त भएको छ । त्यस्तै बाढीले तिम्बु बजार, चनौटे बजार, तालामाराङ बजार, मेलम्ची बजार, क्षतबिक्षत बनाएको छ । यसैगरी बाढीले नाकोते पूल, तिम्बु पूल, फट्टे पूल, मेलम्ची पूल, बाहुनेपाटी पूल, ढाँडखोला पूल बगाएको छ । उहाँको अनुसार नदी किनाराका सम्पूर्ण संरचना ध्वस्त बनाएर अरबौंको क्षति भएको छ ।

प्रकाशित मिति : २ असार २०७८, बुधबार ०६:३६