२९ आश्विन २०८१, मंगलवार | Tue Oct 15 2024

तस्बीरमा हेर्नुहोस्, मेलम्चीको वितण्डा, नदी किनारका घर बगे, ५० बढी सम्पर्कबिहीन

२ असार, काठमाडौँ । सिन्धुपाल्चोकको मेलम्ची नदीले ठूलो क्षति पुर्याएको छ । मानवीय क्षतिको वास्तविक तथ्यांक सार्वजनिक नभए पनि दुइ पक्की पुल, नदी किनारका बस्ती, सेना, सशस्त्र प्रहरीको क्याम्प, मेलम्चीमा काम लागि बसेको कामदारको क्याम्प लगायत बगेको छ ।

मेलम्ची बजारका घरहरू लेदोले आधाजस्तै पुरिएका छन । बाढीका कारण ५० भन्दा बढी सम्पर्कबिहीन भएका छन । मेलम्ची खानेपानीको मुहानमा क्षति पुगेको छ । तिम्बु, चनाैटे र मेलम्ची बजार ध्वस्त भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री शेरबहादुर तामाङसहितको टोली घटनास्थलको निरीक्षणका लागि अहिले मेलम्ची प्रस्थान गर्दैछ ।

सिन्धुपाल्चोक पत्रकार महासंघका उपाध्य दिनेश थापाका अनुसार नदी किनार बस्तीहरूमा ठूलो क्षति पुगेको छ । तस्बीरः सुशील सुवेदी र सामाजिक सञ्जाल

प्रकाशित मिति : २ असार २०७८, बुधबार ०६:१५