२९ आश्विन २०८१, मंगलवार | Tue Oct 15 2024

सिन्धुपाल्चोकको नाकोटेमा भीषण पहिरो, मेलम्ची थुनियो, उद्धारमा जुट्न युवा संघको अपिल

१ असार, काठमाडौँ । सिन्धुपाल्चोकमा बाढी र पहिरोले पीडा दिएको छ । सिन्धुपाल्चोकको मेलम्ची खानेपानीको मुहान भन्दा ९ किलोमिटर माथि नाकोटे भन्ने स्थानमा भीषण पहिरोले मेलम्ची नदी थुनिएको छ ।
नदी थुनिएपछि तल्लो मेलम्चीको बजार उच्च जोखिममा परेको छ भने  पहिरोले खोला थुनिएपछि स्थानीयवासीहरु आतंक सृजना भएको छ । बाढी र पहिरोले हेलम्बुको तिम्बु बजार सिंगै बगाएको छ । यसैगरी चनौते भन्ने बजार पनि डुबानमा परेको छ । कम्तिमा ७ जना स्थानीवासी वेपत्ता भएको बताइएको छ ।
सिन्धुपाल्चोक पीडामा परेपछि युवा संघका अध्यक्ष किरण पौडेलले केद्रीय टोली सिन्धुपाल्चोक पठाउनुभएको छ भने स्थानीय युवालाइ उद्धारमा जुटन अपिल गर्नुभएको छ । उहाँले सम्भावित जोखिम न्युनिकरण ,उद्दार तथा अन्य स्व्यमसेवी भूमिकामा कृयाशिल रहन अनुरोध गर्नुभएको छ ।

प्रकाशित मिति : १ असार २०७८, मंगलवार २२:१४