२९ आश्विन २०८१, मंगलवार | Tue Oct 15 2024

मेलम्चीमा अहिलेसम्मकै ठूलो बाढी, ७ बढी बेपत्ता, सुरक्षित स्थानको खोजीमा स्थानीय

१ असार, काठमाडौँ । मेलम्ची नदीमा अहिलेसम्मकै ठूलो बाढी आएको छ । निरन्तरको बर्षापछि आएको बाढीले तटीय क्षेत्रका स्थानीयलाइ तनाव दिएको छ । सिन्धुपाल्चोक पत्रकार महासंघका उपाध्यक्ष दिनेश थापाका अनुसार ७ भन्दा बढी वेपत्ता भएका छन ।
नदीछेउका घर टहरा सबै बगाएको छ । हेलम्बुको चनौटे बजारमाथिबाट बाढी बगेको उहाँले जानकारी दिनुभएको छ । विद्युत आपूर्ति बन्द भएको छ । बाढीका कारण नदी किनारका नागरिक सुरक्षित स्थानको खोजीमा लागेका छन । स्वास्थ्य तथा जनसंख्या मन्त्री शेरबहादुर तामाङले सामाजिक सञ्जाल मार्फत अपिल गर्दै सुरक्षित स्थानमा लाग्न र सतर्क बन्न अपिल गर्नुभएको छ ।

प्रकाशित मिति : १ असार २०७८, मंगलवार २१:४७