८ कार्तिक २०८३, शनिबार | Sat Oct 24 2026

प्रदेश पूर्वाधार विकास कार्यक्रम खारेज, स्वास्थ्य पूर्वाधारका लागि २ अर्ब ४२ करोड

१ असार, हेटाैँडा। बागमती प्रदेशमा प्रदेशपूर्वाधार बिकास कार्यक्रम खारेज गरिएको गरिएको छ । तर, भौतिक पूर्वाधार, स्वास्थ्य पूर्वाधार र उपकरण खरिदमा २ अर्ब ४२ करोड बजेट जस्ता कोभिड–१९ प्रभाव न्यूनीकरण गर्ने प्रकृतिका आर्थिक पुर्नस्थापनाका कार्यक्रमहरु सञ्‍चालन गर्न २ अर्ब ४२ करोड बजेट बिनियोजन गरिएको छ ।

“प्रदेश पूर्वाधार विकास साझेदारी कार्यक्रमलाई” खारेजी गरी कोभिड– १९ को प्रभाव न्यूनीकरण गर्दै जनताको स्वास्थ्य प्रवर्द्धन गर्ने उद्देश्य सहित “प्रदेश पूर्वाधार, स्वास्थ्य प्रवर्द्धन तथा कोभिड पुर्नस्थापना साझेदारी कार्यक्रम” कार्यान्वयन गरिने आर्थिक मामिला तथा योजना मन्त्री कैलाश प्रसाद ढुङ्गेलले वताउनुभयो । यस कार्यक्रम मार्फत भौतिक पूर्वाधार निर्माण लगायत स्वास्थ्य पूर्वाधार संरचना, उपकरण खरिद जस्ता कोभिड १९ प्रभाव न्यूनीकरण गर्ने प्रकृतिका आर्थिक पुर्नस्थापनाका कार्यक्रमहरु सञ्‍चालन गर्न लागिएको उहाँले वताउनुभयो ।

प्रकाशित मिति : June 15, 2021 at 5:19 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/