२९ आश्विन २०८१, मंगलवार | Tue Oct 15 2024

एमिकस क्युरीमा सर्वोच्च बारले कोमल प्रकाश घिमिरे र प्रकाशबहादुर केसीलाई पठायो

१ असार, काठमाडाैँ । एमिकस क्युरीमा सर्वोच्च बारले कोमल प्रकाश घिमिरे र प्रकाशबहादुर केसीलाई पठाएको छ । प्रतिनिधिसभा विघटनको मुद्दामा संवैधानिक इजलासले सहयोग मागेपछि सर्वोच्च अदालत बार एशोसिएसनले वरिष्ठ अधिवक्ताहरु कोमल प्रकाश घिमिरे र प्रकाशबहादुर केसीलाई एमिकस क्युरीका रुपमा सिफारिस गरेको हो । मंगलबार बसेको सर्वोच्च बारको बैठकले एमिकस क्युरी सिफारिस गरेको विज्ञप्ति मार्फत जानकारी दिएको छ ।

प्रकाशित मिति : १ असार २०७८, मंगलवार १६:५४