७ श्रावण २०८३, बिहिबार | Thu Jul 23 2026

नागरिकले लाइनमा बसेर पनि पाएनन्, कांग्रेस नेता र कार्यकर्ताको घरमै पुग्यो खोप

१ असार, सिन्धुली । सिन्धुलीमा जिल्ला प्रशासन कार्यालयमा कार्यारत नासु गोविन्द प्रसाद कोइरालको घरमा खोपकेन्द्र संचालन गरेर कोभिड(१९ विरुद्धको भेरोसिल खोप दुरुपयोग गरेको कुराले यतिवेला बजार तातेको छ । जिल्ला स्वास्थ्य कार्यालयमा कार्यरत नेपाल निजामती कर्मचारी यूनियनका जिल्ला अध्यक्ष रहेका सूर्य घिमिरे र जिल्ला प्रशासन कार्यालय नासु गोविन्द प्रसाद कोइराले मिलोमतोमा कांग्रेसका पूर्व सांसद मोहन प्रसाद बराल, सम्भु राउत, दिनेश अधिकारी लगाएत १७ जनालाई आइतबार दिउँसो खोप लगाइएपछि यसले बजार तातेकोछ ।

उनीहरुले कोइरालाको कमालामाई नगरपालिका ६ पानीट्याङ्कीस्थित घरमा लगेर खोप लगाएका थिए । कोइरालाको घरमा कांग्रेसी नेताहरुले खोप ल्याएर लगाएको देखेपछि छिमेकीहरुले विरोध जनाएका थिए । छिमेकीहरुले बिरोध जनाएपछि केही छिमेकीहरुलाई समेत उक्त खोप लगाएको छ। उनीहरूले घरघरमै खोप पाए पनि घण्टाै लाइनमा बस्ने नागरिक भने खोपबिहीन बनिरहेका छन ।

जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख जीतेन्द्र शाहले खोप दुरुपयोगमा कार्यालयको कुनै पनि हात नरहेको बताए । उनले भने, ‘हामीले खोप स्थानीय तहलाई बितरण गरेका छौँ लगाउने काम हाम्रो हैन । त्यसैले स्वास्थ्य कार्यालय भन्दा पनि स्थानीय तह बढी जवाफदेहि हुन्छ ।‘

सिन्धुलीका प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेले खोप दुरुपयोगको बिषयमा कुनै पनि जनाकारी नआएको बताए । उनले भने, ‘खोप वितरण समितीको अध्यक्ष म स्वयम हुँ कसैले शक्तिको आडमा दुरुपयोग गरेको पाइएमा छानविन गरेर कारबाहीको दायरामा ल्याउने छु। कुनै पनि बाहानामा उन्मुक्ति दिने छैन ।‘ खोप दुरूपयोगको जानकारी भए पनि प्रमुख जिल्ला अधिकारी न्यौपानेले नै घिमिरे र कोइरालाको बचाउ गरेका छन ।

प्रकाशित मिति : June 15, 2021 at 8:32 am