२९ आश्विन २०८१, मंगलवार | Wed Oct 16 2024

प्रधानमन्त्रीकाे हत्या गर्छु भन्ने काँग्रेस सांसद वैद्यविरुद्ध फौजदारी कसुरमा मुद्दा दर्ता

३० जेठ, काठमाडाैँ । प्रधानमन्त्रीकाे हत्या गर्छु भन्ने बागमती प्रदेशका नेपाली काँग्रेसका सांसद नरोत्तम वैद्यविरुद्ध फौजदारी कसुरमा मुद्दा दर्ता गरिएको छ । एमालेका कार्यकर्ताले जिल्ला प्रहरी कार्यालय मकवानपुरमा पुगेर आइतबार मुद्दा दर्ता गराएका हुन् ।

सांसद वैद्यले प्रदेश सरकारको नीति तथा कार्यक्रम माथिको छलफलमा बोल्दै प्रधानमन्त्रीका लागि नाथुराम गोड्से बन्ने अभिव्यक्ति दिएका थिए । उनले चौतर्फी आलोचनापछि सांसद वैद्यले शनिबार प्रदेश सभामै आत्मालोचना गर्दै माफी मागिसकेका छन् । तर वैद्यलाई फौजदारी कसुरमा मुद्दा चलाई कारवाही गर्न मागसहित मुद्दा दर्ता भएको छ ।

याे पनि पढ्नुहाेस्ः

-वैद्यले प्रधानमन्त्रीको हत्याका लागि तयार छु भन्ने अभिव्यक्ति फिर्ता लिए (भिडियोसहित)

-प्रधानमन्त्री ओलीको हत्या गर्छु भन्ने कांग्रेसको सांसदको दुई वटा नाम

प्रकाशित मिति : ३० जेष्ठ २०७८, आईतवार १७:५७