७ श्रावण २०८३, बिहिबार | Thu Jul 23 2026

४ बजेबाट काठमाडौँ उपत्यकामा हार्डवेयर पसल खोल्न दिइने

३० जेठ, काठमाडाैँ । काठमाडौँ उपत्यकामा दिउँसो ४ बजेबाट हार्डवेयर सामाग्री बेच्ने पसल खोल्न दिने निर्णय गरिएको छ । काठमाडौँ उपत्यकाका सीडीओकाे आइतबार बसेकाे बैठकले कोरोनाको महामारी अझै उल्लेख्य नघटेको भन्दै निषेधाज्ञा थप गर्ने निर्णय गरेसँगै  ‘हार्डवेयर पसल दिउँसो ४ बजेपछि खोल्न दिने भएका छौँ’ काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले भन्नुभयाे ।

यस्तै, बैठकले अनलाइन डेलिभरी गर्न दिने,  पुस्तक पसल बिहान ११ बजेसम्म खाेल्न पाउने,  कृषि कार्य सञ्चालन गर्न दिने र  भिसा लिनका लागि सहजिकरण गर्ने लगायतका निर्णय गरेकाे छ । बैठकले सवारी आवागमनमा लगाइएको रोक भने यथावत राख्ने निर्णय गरेकाे छ ।

प्रकाशित मिति : June 13, 2021 at 5:07 pm