७ श्रावण २०८३, बिहिबार | Thu Jul 23 2026

काठमाडौँ उपत्यकामा निषेधाज्ञा एकसाता थपियो, यी हुन् खुकुलाे पारिएका क्षेत्र

३० जेठ, काठमाडाैँ । काठमाडौँ उपत्यकामा जारी निषेधाज्ञाको अवधि एक साता थप गरिएको छ । काठमाडौँ उपत्यकाका सीडीओकाे आइतबार बसेकाे बैठकले कोरोनाको महामारी अझै उल्लेख्य नघटेको भन्दै निषेधाज्ञा थप गर्ने निर्णय गरेकाे हाे । बैठकले खाद्यान्नका पसल विहान ११ बजेसम्म खाेल्न दिने निर्णय गरेकाे छ ।

यस्तै बैठकले अनलाइन डेलिभरी गर्न दिने,  पुस्तक पसल बिहान ११ बजेसम्म खाेल्न पाउने,  हार्डवेयर पसल अपरान्ह ४ बजेपछि खोल्न पाउने, कृषि कार्य सञ्चालन गर्न दिने र  भिसा लिनका लागि सहजिकरण गर्ने लगायतका निर्णय गरेकाे छ । बैठकले सवारी आवागमनमा लगाइएको रोक भने यथावत राख्ने निर्णय गरेकाे छ ।

प्रकाशित मिति : June 13, 2021 at 4:18 pm